तपाईँ सुन्दै हुनुहुन्छः

गढीमाई धार्मिक आस्थाका प्रतीक हो : महामन्त्री शर्मा  

बारा । नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले गढीमाई धार्मिक आस्थाको पवित्र मन्दिर रहेका वरियापुरका भूमिमा जन्मेका  बासिन्दा भाग्यमानी रहेको  रहेको बताउनु भएको छ । 

गढीमाईको दर्शन पश्चात् आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यो देश पूर्व मेची देखि  पश्चिम महाकालीसम्म र खास गरि मधेस प्रदेश भरीमा कुनै न कुनै प्रख्यात धार्मिक देवी देवताको मन्दिर रहेको  भूमिमा ५ वर्षमा १ पल्ट लाग्ने यस गढीमाई मन्दिर र मेलाको महत्व पनि ठुलो रहेको चर्चा गर्नुभएको थियो । 

मन्दिरको संरक्षण एवम् सम्वद्र्धन गर्नका साथै मेलालाई भव्य र सव्य बनाउने दिशामा प्रदेश सरकार र संघ सरकारलाई सहयोग गर्न आफ्नो स्तरबाट घच्घचाउने प्रतिबद्धता ब्यक्त गर्दै मेला सफल पार्नका लागि सबै राजनितिककर्मीहरु एकै थलोमा उभिएर अगाडि बढ्न आग्रह समेत गर्नु भएको थियो । 

पवित्र देव भूमिमा हामी जन्मेका सबै जनाले सत्कर्म गर्नुपर्ने बताउँदै महामन्त्री शर्माले मान्छे मरेपछि काम लाग्दैन तर एउटा गाई, भैँसी, बाख्रा, भेडा लगायतका जनावरहरू मरेर गएपनि काम लाग्ने गर्दछ  त्यस कारण मनमा पुनै पूर्वाग्रही नराखी सफा मनले तन, मन धन लगाई मेला सफल पार्नका लागि अगाडी बढ्नुपर्ने सुझाव दिनुभएको थियो । 

गढीमाईको मेला एउटा पालिकाको होइन, जिल्लाको होइन देशको मात्र होइन यो मेलालाई सिङ्गो एसियाले नियालेर हेरि रहेको हुँदा यसको महत्वलाई अझै विश्वभरी फैलाउने काममा लाग्नुपर्ने महामन्त्री शर्माको भनाई रहेको थियो । 

गढीमाईको कृपाले देश र  मधेसमा भइरहेको उपनिर्वाचनमा नेपाली काँग्रेस पार्टीले ऐतिहासिक जित हासिल गर्नेमा आफु विश्वस्त रहेको भन्दै महामन्त्री शर्माले रुख चिन्हमा मतदान गरि पार्टीका उम्मेदवारलाई जिताउनमा कुनै कसर बाकी नराख्ने सबै पार्टी पंंक्तीलाई निर्देशन समेत दिनुभएको थियो ।

देश अहिले काँग्रेसमय बन्दै गइरहेको हुँदा आउने दिनमा नेपाली काँग्रेस पार्टीले ऐतिहासिक जित निकाल्नेमा आफु ढुक्क रहेको महामन्त्री शर्माले बताउनुभयो । 

नेपाली काँग्रेस महागढीमाई नेपाली काँग्रेसका नगर सभापति भुलेन्द्र यादवको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको सञ्चालन गढीमाई मेला मुल समितिका महासचिव वीरेन्द्र यादवले गर्नुभएको थियो स्वागत महागढीमाई नगरपालिकाका उपप्रमुख तारादेवी कानुले गर्नु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button