‘‘यादव प्रसाद पन्त नामक पुस्तक लोर्कापण’’
काठमाडौं । पूर्व अर्थ तथा जलश्रोत मन्त्री समेत रहनुभएका वरिष्ठ अर्थशास्त्री डाक्टर यादब प्रसाद पन्तको एक सयौं जन्मजयन्तीका अवसरमा हिजो ‘यादब प्रसाद पन्त’ नामक पुस्तक लोकार्पण गरिएको छ ।
स्वर्गीय डाक्टर यादब प्रसाद पन्त अनुसन्धान तथा विकास प्रतिष्ठान नेपालले, प्रकाशन गरेको पुस्तकको लोकसेवा आयोगका अध्यक्ष माधब रेग्मीले हिजो लोकार्पण गर्नुभएको हो । स्वर्गीय पन्तले आफ्नो जीवनकालमा अर्थशास्त्र सम्बन्धी २० वटा पुस्तक प्रकाशन गर्नुभएको थियो ।
नेपालकै पहिलो विद्यावारिधी उपाधि प्राप्त गर्नुभएका पन्तले विभिन्न सरकारी जिम्मेवारीमा रहेर सेवा गर्नुभएको थियो । लोकापर्ण कार्यक्रममा पूर्वमन्त्री बलराम घर्तीमगर, पत्रकार मदन प्रसाद लम्साल, उद्योगी प्रेम कुमारी राईलाई प्रतिष्ठानले सम्मान पनि गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्