राष्ट्रिय महिला खेलाडी कार्की सम्मानित
उदयपुर । नेपाली राष्ट्रिय महिला खेलाडी अमिशा कार्की कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवारद्वारा सम्मानित भएकी छन् ।
शनिबार उदयपुरको गाईघाटमा एक कार्यक्रममा कार्की सम्मानित भएकी हुन् ।
जिल्लाको त्रियुगा नगरपालिका वडा नं ५ मा जन्मिएकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य अमिशा कार्कीलाई फुलमाला, दोसल्ला, राष्ट्रिय झण्डा ओढाएर सम्मान गरिएको थियो भने कार्कीलाई उपसभामुखले व्यक्तिगत रुपमा नगद रकम र सम्मान पत्रद्वारा सम्मान गर्नुभएको थियो ।
उपसभामुख दनुवारले संघ प्रदेश र स्थानीय तह सरकारका तीन तहबाट नै खेलाडीहरूलाई सक्दो प्रोत्साहन गर्नुपर्ने र नागरिक समाजले पनि खेल क्षेत्रको महत्व बुझेर सक्दो सहयोग र हौसला प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले खेलाडीलाई हामी सबैले उच्च सम्मान गर्नुपर्ने र स्वास्थ्य तथा राष्ट्रका लागि खेलकुद भन्ने नारालाई सार्थक बनाउन सक्नुपर्ने बताउनुभयो ।
सम्मान कार्यक्रममा त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राईले आफ्नो गाउँ ठाउँबाट यसरी उत्कृष्ट खेलाडी उत्पादन भएको खबरले आफू अत्यन्त खुसी भएको र नगरपालिकाले पनि नगद ५० हजारसहित सम्मान गरेको बताउनुभयो ।
सम्मानित अमिसाले गृह नगरमा यसरी सम्मान पाउँदा अत्यन्त गौरवान्वित भएको र आफूमा जिम्मेवारी थपिएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्