सभापति देउवाद्वारा डडेल्धुराका नेता कार्यकर्ताहरूसँग भेटघाट
डडेल्धुरा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार ८४ सम्म टिक्ने र विकासका कामहरू गुणात्मक रूपमा अघि बढ्ने विश्वास ब्यक्त गर्नुभएको छ ।
गृह जिल्ला डडेल्धुराका नेता कार्यकर्ताहरूसँगको भेटमा सभापति देउवाले जिल्लाको भित्री मधेश क्षेत्रको विकासका अधुरा कामहरू सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सभापति देउवाले आजै नवदुर्गा गाउँपालिकाको चोराबजार, भागेश्वर गाउँपालिकाको डुङरीबजार र अजयमेरु गाउँपालिकाको चमडाबजारमा नेता कार्यकर्ताहरूसँग भेटघाट गर्नुभयो ।
कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूले सभापति देउवालाई सडक, खानेपानी, सिचाई, स्कुल र रोजगार उपलब्ध गराइदिनुका लागि अनुरोध गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्