तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी र सिचुआन सरकारबीच पर्यटन प्रवर्द्धनमा सहकार्य हुने

बाँके । चीनको सिचुआन प्रदेश सरकारको आयोजनामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन त्यहाँ पुग्नुभएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रदेश सरकारबिच पर्यटन प्रवर्द्धनमा सहकार्य गरिने बताउनुभएको छ ।

भगिनी सम्बन्धलाई पुनर्ताजगी गर्दै दुई प्रदेशका विचमा सहयोग आदानप्रदानलाई तीव्रता दिइने उहाँले बताउनुभयो । छेन्दुमा रहेको जाइन्ट पान्डा ब्रिड सेन्टरको बुधबार अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले सिचुआनको छेन्दुबाट लुम्बिनीको भैरहवा सिधा हवाई उडानको व्यवस्था गर्ने बारेमा पहल सुरु भएको जानकारी दिँदै चीनले पर्यटनको क्षेत्रमा हासिल गरेका उपलब्धि र सिकाइलाई अनुसरण गरी पर्यटन प्रवर्द्धनमा सहकार्य हुने बताउनुभयो ।

मुख्यमन्त्री आचार्यसहित सम्मिलित भ्रमण दलले छेन्दु अन्तर्राष्ट्रिय रेलवे बन्दरगाहको समेत अवलोकन गरेको छ । भ्रमणमा मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डाक्टर रामबहादुर राउत, स्वकीय सचिव कुशल भुसाल, विज्ञ सल्लाहकार डाक्टर सागर न्यौपाने, मुख्यमन्त्रीकी श्रीमती दिपा आचार्य लगायत भ्रमणमा सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button