तपाईँ सुन्दै हुनुहुन्छः

जनशक्तिको उत्पादन केन्द्रका रुपमा कर्णाली प्रतिष्ठानलाई विकास गर्नुपर्छ: स्वास्थ्य मन्त्री पौडेल 

जुम्ला । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विशेषज्ञ जनशक्ति उत्पादन केन्द्रका रुपमा विकास गर्नु पर्ने बताउनुभयो ।

कर्णालीलाई अभाव रोग भोकसँग दाँज्ने मात्र नभई यहाँका प्राकृतिक स्रोतको उपभोगका विषयमा सोच्नु पर्ने उल्लेख गर्नु भयो ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहका लागि जुम्ला पुग्नु भएका स्वास्थ्य मन्त्री पौडेलले भने,कर्णाली प्रतिष्ठान कर्णालीको मात्र होइन राष्ट्रको गौरव हो ।

यो संस्थाले कर्णालीसहित पश्चिम नेपालमा दिएको सेवा प्रशंसा योग्य छ । यो प्रतिष्ठानलाई रेफरल अस्पताल बनाउने होइन । यहाँ विशिष्टीकृत सेवा सुरु गर्नु पर्छ । तर अपेक्षाकृत विकास हुन सकेको छेैन् ।अब सरकार गम्भीर हुनुपर्छ  ।  

प्रतिष्ठानका सहकुलपति समेत रहनु भएका मन्त्री पौडेलले प्रथम दीक्षान्त समारोहबाट दीक्षित भएका ५८ जनाले कर्णालीमै सेवा दिनु पर्नेमा जोड दिनुभयो । अब ५८ जना मात्र नभई सयौँका सङ्ख्यामा दीक्षित हुनु पर्छ । सरकारले कर्णाली प्रतिष्ठानको विकासमा कुनै कन्जुसाई गर्न नहुनेमा उल्लेख गर्नुभयो ।

साथै स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारले नीतिगत व्यवस्था गरिरहेको समेत बताउनुभयो ।

कर्णालीमै सेवा गर्नुपर्छ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले दीक्षित भएका सबै चिकित्सकले कर्णालीमै सेवा दिनु पर्ने बताउनुभयो । दीक्षित भएका व्यक्ति समाजका विशिष्ट व्यक्ति भएका कर्णालीमै सेवा गर्नुमा पर्ने उहाँले जोड दिनुभयो । दुर्गम कर्णालीमा प्रतिष्ठानले स्वास्थ्य सेवा,अध्ययन अनुसन्धानमा गरेको योगदानको सरकारले उच्च रुपमा कदर गर्ने समेत बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button