कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक सुरु
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक सुरु भएको छ ।
प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सिनेट बैठक सुरु भएको हो । २०६८ सालमा स्थापना भएको प्रतिष्ठानको १३ वर्षको अवधिमा पहिलो पटक जुम्लामा सिनेट बैठक बसेको हो ।
प्रधानमन्त्री सहित दीक्षान्त समारोहका लागि स्वास्थ्य मन्त्री प्रदीप ज्ञवाली समेत जुम्ला पुग्नुभएको छ। बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा,अनुसन्धान तथा अध्यायपनको कार्यलाई थप प्रभावकारी बनाउन छलफल गरिने प्रतिष्ठानका उपकुलपति डाक्टर मङ्गल रावलले बताउनुभयो ।
उहाँका अनुसार प्रतिष्ठानको कार्यकारी परिषद्ले प्रतिष्ठानका आन्दोलित शिक्षक कर्मचारीको माग समेत सभामा पेश गर्ने छ । प्रतिष्ठानका शिक्षक कर्मचारीले स्तरबृद्दिको माग राखेका थिए । सिनेट बैठक सकिने बित्तिकै प्रधानमन्त्री ओली लगायतका विशिष्ट व्यक्तिहरुकाे दीक्षान्त समारोहमा सहभागीता रहनेछ।
प्रतिक्रिया राख्नुहोस्