तपाईँ सुन्दै हुनुहुन्छः

रारा विमानस्थल ताल्चामा उडान अनियमित, सर्वसाधारण समस्यामा

मुगु  । दशैं र तिहार सकिएपछि पनि रारा विमानस्थल ताल्चाबाट नियमित उडान नहुँदा मुगुका सर्वसाधारण समस्यामा परेका छन् । 

समिट एयर, तारा एयर, नेपाल एयरलाइन्स, र सीता एयरका उडानहरू नियमित नहुँदा बिरामी, विद्यार्थी र अन्य कामले जिल्ला बाहिर जानुपर्ने स्थानीयहरू समस्यामा छन् ।

रारा विमानस्थलका प्रमुख श्रीकृष्ण रिजालका अनुसार केही  दिन अघि सबै हवाई जहाजहरू पूर्वी क्षेत्रतर्फ पर्यटक ओसार्न व्यस्त भएका कारण ताल्चाका उडानहरू प्रभावित भएका छन् ।

कर्णाली राजमार्गको यात्रा कठिन र जोखिमपूर्ण भएकाले यहाँका बासिन्दाले हवाई यात्रालाई  रुचाउँदै आएका छन्।

विकल्पको रूपमा मात्र सतही मार्ग  रोज्ने  मुगुका नागरिक हरू  कर्णाली राजमार्गमा धेरै पटक दुर्घटना भइसकेकोले  गाडीको यात्रा सुरक्षित नभएका कारण  बाध्यताले मात्र यात्रा गर्ने गर्दछन् ।

कैयौँले ज्यान गुमाइसकेको  अवस्थामा हवाई सेवा नै सुरक्षित विकल्प बनेको छ।

स्थानीयबासीहरूले हवाई कम्पनीहरूलाई ताल्चा विमानस्थलमा नियमित उडान सुचारु गर्न आग्रह गरेका छन् ।

मुगु पर्यटकीय जिल्ला भएकाले  दैनिक जसो उडान  विगतमा भइरहने भएपनि पछिल्लो समयमा उडान अनियमित हुँदा  जिल्ला बाहिर जाने  बिरामी, विद्यार्थी  लगायत अन्य समस्यामा परेका छन् । सबै जहाजहरूले रारामा हप्तामा एउटा दुईवटा उडान भर्दै आएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button