चौ लोले प्रख्यात बडाल जाँत कार्तिक २७ गते हुने
डडेल्धुरा । चौ लोले प्रसिद्धि कमाएको सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध बडाल जाँत यही कार्तिक २७ गते सम्पन्न हुने गन्यापधुरा गाउँपालिका वडा नं २ का अध्यक्ष मनोज देउवाले बताउनु भयो । गन्यापधुरा गाउँपालिका वडा नं २ मा जाँत हुने गर्छ ।
सुदूरपश्चिममै चौ लोले प्रसिद्धि पाएको वडाँलजाँत हरेक वर्षको कार्तिक शुक्ल दशमीको रात रतेडी र एकादशीका दिन दिउँसेडी जाँत हुने गरेको अध्यक्ष देउवाले जानकारी गराउनु भयो ।
रतेडीको रात देखि दिउंसेडी जाँत सम्म दाईन, दमाहा, भोक्कर , रुईसिंहको बाजागाजा समेत हातमा तरवार नचाई चौलो खेलिने परम्परा रहेको छ ।
मेला भर्न डडेल्धुराका विभिन्न क्षेत्र, डोटी, बैतडी र भारतको उत्तराञ्चल प्रदेशबाट समेत भक्तजनहरू पुग्ने गरेका छन् ।
यो वर्षको बडाल जाँतमा नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पनि आउने कार्यक्रम रहेकाले थप उत्साह भरिने गन्यापधुरा गाउँपालिकाका अध्यक्ष ईन्द्र बहादुर कार्कीले बताउनु भयो ।
सभापति देउवा भने मङ्सिर १ गते सम्पन्न हुनलागेको उग्रतारा जाँत सम्म गृह जिल्ला डडेलधुरामै रहने नेपाली काँग्रेस जिल्ला सभापति भीमबहादुर साउँदले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्