‘आपसी सद्भाव र भाइचाराका कारण नेपाल विश्वकै नमुना मुलुक’
वीरगञ्ज । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले विभिन्न धर्म, संस्कार, जाति, जनजातिहरूको आपसी सद्भाव र भाइचाराको कारण नेपाल विश्वकै नमुना मुलुक बनेको बताउनुभएको छ ।

वीरगञ्ज जीतपुर गौशालाको १ सय १८औँ वार्षिकोत्सव एवम् साधारण सभाको आज एक कार्यक्रमबिच वीरगञ्जमा उद्घाटन गर्नुहुँदै मन्त्री चौरसीयाले सनातन हिन्दु धर्मले सबै वर्ग समुदायसहित चराचर जगतको रक्षाको लागि समेत महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
उहाँले गौ रक्षाका लागि वीरगन्ज जितपुर गौशाला १ सय १८ वर्षअघि स्थापना भई नेपालमै पुरानो मध्य एक गौशालाको रुपमा आफ्नो इतिहास कायम गरेकोमा खुशी व्यक्त गर्दै गाइको संरक्षण गरेर पशुको अधिकारप्रति समेत समाजलाई जागरण गराउने काम गौशालाले गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
कानुन मन्त्री चौरसीयाले लोकतान्त्रिक संविधानभित्र रहेर सबै वर्ग, समुदाय, धर्म, जाति–जनजातिको अधिकारलाई अझ थप मजबुत बनाउने अभियानमा सरकार जुटिरहेको बताउँदै समावेशी सिद्धान्तको आधारमा समानुपातिक रुपमा निर्वाचन क्षेत्र बनाउने गरी संविधान संशोधन गरिने दाबी समेत गर्नुभयो ।
महानगर पालिकाको वडा नम्बर २४ रामगढवामा रहेको गौशालाको वार्षिक उत्सवमा महासचिव देवकी नन्दन अग्रवालले वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । त्यस्तै संस्थाको आयव्यय प्रस्तुत कोषाध्यक्ष प्रभु दयाल अग्रवालले गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्