तपाईँ सुन्दै हुनुहुन्छः

गोरखा चुमनुब्रीमा पर्यटकको घुईँचो

गोरखा ।  गोरखाको चुमनुब्री गाउँपालिकामा विगत दुई महिनाको अवधिमा पाँच हजार १ सय ८८ जनाले भ्रमण गरेका छन् । 

चार हजार ७ सय ७० जना विदेशी र ४ सय १८ जना नेपाली पर्यटक गरी पाँच हजार १ सय ८८ जनाले पालिका भ्रमण गरेका हुन । चुमनुब्री गाउँपालिकाको भ्रमण गरेबापत गाउँपालिकाले विदेशीसँग प्रति व्यक्ति एक हजार र नेपालीसँग दुईसय रुपैयाँका दरले राजस्व सङ्कलन गर्दै आएको छ । यस बापत गाउँपालिकालाई हाल सम्म ४८ लाख ५० हजार रुपैयाँ प्राप्त भएको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताउनुभयो । 

सङ्कलन भएको राजस्व पर्यटकको सुरक्षा र फोहोरमैला व्यवस्थापन गरी डढेलो नियन्त्रणमा प्रयोग गर्ने पालिकाले जनाएको छ । नयाँ तथा वैकल्पिक पदमार्ग निर्माण गरि बाटो पुल मर्मत समेत गरिने बताइएको छ । साथै उक्त रकम खानेपानी निर्माण, सेल्टर तथा चौतारी निर्माण, साइनबोर्ड तथा नक्सा राख्ने कार्यमा समेत खर्च गर्ने उद्देश्य रहेको पालिकाले जनाएको छ ।

सोही रकमले स्थानीयलाई पर्यटन सम्बन्धी तालिम दिई उद्धार तथा राहतमा सहयोग एवं समन्वय गर्ने पनि घलेले बताउनुभयाे । यसैगरी वातावरण संरक्षण, ताल संरक्षण, गुम्बा मर्मत तथा संरक्षण, होमस्टे व्यवसाय प्रवर्द्धनमा पनि सहयोग गर्ने लक्ष्य राखिएको लामिछानेले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button