तपाईँ सुन्दै हुनुहुन्छः

जुवाको खालबाट दाङमा १० जना पक्राउ

दाङ । जुवा खेलेको आरोपमा दाङ प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।

जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१७ वनकट्टास्थित देव बहादुर वलीको घरमा शनिबार जुवा खेलिरहेको अवस्थामा १ लाख ३३ हजार १ सय १० रुपैयाँ नगदसहित १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापाले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा घरधनी ५१ वर्षीय वलीसहित तुलसीपुर–१७, वनकट्टाका ५७ वर्षीय भिम वली, ४९ बर्षीय लुमासिंह बस्नेत, ३२ बर्षीय नरबहादुर चौधरी, ५८ वर्षीय केशर बहादुर वली र ३६ वर्षीय शरद वली छन् ।

यसैगरी सोही ठाउँकै ३८ वर्षीय सुशील वली, ४१ वर्षीय रेख बहादुर वली, ४९ वर्षीय मदन वली र घोराही उपमहानगरपालिका–९, अश्वाराका ४९ वर्षीय बालाराम भट्टराई पनि पक्राउ परेका छन् । उनीहरुलाई नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको डिएसपी थापाले जानकारी दिनभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button