तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री कार्कीद्वारा बहिनीहरूबाट टीका ग्रहण

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले आज शुभ साइतमा बहिनीहरूबाट भाइटीका लगाउनु भएको छ ।

झापा गौरदह–३ स्थित निज निवासमा बहिनी सुशीला कार्की र पार्वता थापाको हातबाट दाजु दिपक कार्कीसँगै उहाँले टीका लगाउनुभएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिनुभयो । 

मुख्यमन्त्री कार्कीका पाँच जना दिदीबहिनी हुनुहुन्छ । टीका लगाउनु भएसँगै उहाँले नेपालीहरूको मौलिक पर्वले एक आपसमा भावनात्मक एकता बढाउने बताउनुभयो । उहाँले नेपालीहरूको संस्कृति, परम्परा र चाडपर्वको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button