तपाईँ सुन्दै हुनुहुन्छः

सबै बर्ग समुदायको एकताबाट मात्रै समृद्ध समाज निर्माण हुन्छ:  मन्त्री यादव

वीरगन्ज  । खानेपानी मन्त्री प्रदीप यादवले सबै बर्ग समुदायको एकता र मेलमिलापबाट मात्रै समृद्ध समाज निर्माण हुने बताउनु भएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १४ बहुअरीमा आज एक कार्यक्रमका बिच मुस्लिम समुदायका लागि नवनिर्मित विवाह भवनको उद्घाटन गर्नुहुँदै नवनिर्मित विवाह भवनले मुस्लिम समुदायलाई सांस्कृतिक, धार्मिक तथा सामाजिक कार्यक्रमहरूको आयोजना गर्न सहज हुने दाबी गर्नुभयो । 

जसपाका उपमहासचिव समेत रहनु भएका मन्त्री प्रदीप यादवले मुस्लिम, मधेसी, दलित, उत्पीडित जनजाति पिछडावर्गको उत्थानको लागि सरकारले ठोस कार्यक्रमका साथ कामगरीरहेको बताउनुभयो । 

मधेसमा चाडपर्वको बेला समेत हिन्दु र मुस्लिम समुदाय बिचको धार्मिक सद्भाव, एकता र एकले अर्काको संस्कार र संस्कृति स्वीकार गर्ने परम्परा रहेकोले मुस्लिम समुदाय समेत छठमा व्रत बस्ने, दीपावली गर्ने जस्ता कार्यले धार्मिक र सांस्कृतिकरुपमा समेत एकापसमा जोडिँदै गएको बताउनुभयो । 

कार्यक्रममा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले वीरगन्ज महानगरपालिकाले नगर क्षेत्रमा बसोबास गर्ने सम्पुर्ण वर्ग, धर्म,जात र समुदायको उत्थानका लागि काम गरिरहेको बताउनुभयो । 

उहाँले वीरगंजमा हिन्दु र मुस्लिम बिचको धार्मिक एकता र सद्भाव प्रगाढ रहेको दाबी गर्नुभयो । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य समेत रहनु भएका मन्त्री यादवको संसदीय पूर्वाधार विकास कोष र वीरगन्ज महानगरपालिकाको आर्थिक सहयोगमा ६० लाख रुपैयाँको लागतमा मुस्लिम समुदायका लागि विवाह भवनको निर्माण गरिएको वीरगन्ज महानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष महबुब एलाहीले जानकारी दिनुभयो । 

कार्यक्रममा पूर्व प्रदेश सभा सदस्य जन्नत अन्सारी,जिल्ला समन्वय समिति पर्साका पूर्व प्रमुख नेक महम्मद अन्सारी, मधेस प्रदेश सरकारको ऊर्जा ,सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहमद अन्सारी,जसपाका वीरगन्ज महानगर अध्यक्ष ईश्वर चन्द्र यादव लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button