तपाईँ सुन्दै हुनुहुन्छः

बिपी राजमार्ग सञ्चालनमा आएसँगै बर्दिबासमा चहलपहल बढ्न थाल्यो

बर्दिबास । असोजको दोस्रो सातामा आएको विनाशकारी बाढी पहिरोका कारणले बिपी राजमार्गको विभिन्न ठाउँमा सडक बगाएपछि सुनसान नबनेको बर्दिबाससहितका बजारहरू राजमार्ग सञ्चालनमा आएसँगै चहलपहल बढ्न थालेको छ ।

राजमार्गको मरम्मतपछि सञ्चालनमा आएसँगै बिपी राजमार्गमा सवारी साधनको चाँप बढ्न थालेको छ । पूर्वी नेपाललाई राजधानी काठमाडौँसँगै जोड्ने छोटो मार्गको रुपमा रहेको उक्त राजमार्गको मरम्मतपछि यातायात सञ्चालनमा आएसँगै राजमार्ग प्रवेश बिन्दुको रुपमा रहेको बर्दिबासमा पुनः चहलपहल बढ्न थालेको हो ।

राजमार्ग सञ्चालन भएपछि बर्दिबासमा रहेका होटल, लज तथा रेष्टुरेन्टहरु चल्न थाल्नुका साथै बजारमा सवारी साधनको चाँप बढेको छ । यसका साथै चिया, नास्ता तथा अन्य पसलहरू चल्न थालेको छ ।

महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका बिपी राजमार्गका कारणले नै पर्यटकीय तथा व्यापारिक केन्द्रको रुपमा विकसित भइरहेको छ । राजमार्ग बगाएपछि बर्दिबास नगरपालिका क्षेत्र सुनसान बनेको थियो भने राजमार्गमा चहलपहल कम भएको थियो । अहिले राजमार्ग सुचारु भएपछि उहाँ पुनः चहलपहल बढेको छ ।

जनकपुरधामका सर्वसाधारणलाई पनि बिपी राजमार्गको सञ्चालनले ठूलो राहत मिलेको छ । राजमार्ग सञ्चालन नहुँदा हवाई टिकट पाउन निक्कै समस्या थियो भने यहाँका नागरिक महँगोमा यात्रा गर्नका लागि बाध्य थिए । बिपी राजमार्ग हुँदै सर्लाहीदेखि पूर्वी क्षेत्रका काँकडभिट्टासम्मका यात्रीहरूले यात्रा गर्ने गर्दछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button