तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय फूलको उत्पादन नहुँदा प्लाष्टिक मालाले भरिभराउ जुम्ला बजार

जुम्ला । नेपालीको महान् दोस्रो चाड तिहार नजिकिएपछि प्लाष्टिक मालाले जुम्ला सदरमुकामदेखि ग्रामीण बजार भरिभराउ भएको छ ।

जुम्लामा स्थानीय फूलको उत्पादन नहुँदा हरेक तिहारमा आयातित प्लाष्टिक मालाले नै बजार भरिने गरेको हो ।

छिमेकी जिल्ला मुगुमा व्यावसायिक फूलको खेती गरे पनि जुम्लामा हा सम्म हुन सकेको छैन । जुम्लाका आठ पालिका मध्ये तातोपानी गाउँपालिकाले खाँदामुक्त पालिका घोषणा गरे पनि स्थानीय फूल उत्पादनमा कुनै लगानी गरेको छैन । अन्य पालिकाले पनि त्यसतर्फ ध्यान दिएका छैनन् ।

प्रायः तिहार कार्तिक तेस्रो र अन्तिम साता पर्ने र त्यो समयमा चिसो बढी हुने भएकोले फूल खेती गर्न नमिल्ने फूलेको फूल पनि ओइलिने समस्या रहेको यहाँका स्थानीय बताउँछन् । तर यहाँ व्यवसायीक फूल खेती टनेल हाउसमा गरेको खण्डमा आम्दानी राम्रो देखिन्छ ।

स्थानीय पूर्ण प्रसाद चौलागाई भन्नुहुन्छ, “स्थानीय उत्पादित फूलको रौनकता आफ्नै छ । तर उत्पादन शुन्य जस्तै हुँदा आयातित प्लाष्टिक मालाकै प्रयोग गर्नु बाध्यता जस्तै बनेको छ । स्थानीय तहले तिहारलगायतका पर्वलाई लक्षित गरी फूल खेती गर्नुपर्ने र सबै कार्यक्रममा त्यही फूलको प्रयोग गर्न जरुरी छ ।”

स्थानीय फूल प्रति माला १ सय १ सय ५० रुपैयाँसम्म पर्ने गर पनि हेर्दा आकर्षक देखिने आयातित प्लाष्टिकको मालाको मूल्य ३÷४ सय मूल्यसम्म पर्ने गरेको छ । सडक पुगी सकेपछि जुम्लामा प्लाष्टिक मालाको प्रयोग बढेको देखिन्छ । फाटफुट रूपमै भएपनि सडक नआउनु पहिले स्थानीय घरघरमा फूलको खेती गर्थे । तर पछिल्लो समय खेती नै गर्न छोडेका छन् ।

जुम्लामा कति बराबरको प्लाष्टिक माला आयात भयो भन्ने यकिन तथ्याङ्क कसैसँग छैन । तर डिलरदेखि खुद्रा पसलसम्म गाउँदेखि सहरसम्म प्लाष्टिक मालाले भरिएको छ ।

स्थानीयवासी सयपत्री फूलको साटो प्लाष्टिकका माला भित्रिन थालेपछि यहाँका बासिन्दामा परनिर्भरता बढेको हो । स्थानीय मुनबहादुर डाँगी पछिल्ला तिहारमा सयपत्री फूलको माला भेटिन छाडेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “घर आँगनमा मात्रै फूल रोपेको खण्डमा तिहारमा प्रयोग गर्न सकिन्छ । तर बजारमा माला पाइहाल्छ भन्ने मनसायले पनि खेत किसानले खेती गर्न छोडेका छन् । स्थानीय तहले फूल खेती गर्ने किसानलाई अनुदान दिनेदेखि प्रोत्साहन गर्ने जस्ता कार्यक्रम ल्याउनुपर्छ ।”

उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष स्थानीय उत्पादन नहुँदा आयातित मालाकै भरपर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । स्थानीय उत्पादन नभएसम्म प्लाष्टिक माला प्रतिबन्ध लगाउन पनि मुस्किल छ । आयातित माला लिन उपभोक्ताको निकै भीड देखिन्छ । त्यसको साटो आफ्नै उत्पादन गर्नुपर्ने कुरामा जागरण फैलाउन जरुरी छ ।

गत वर्ष चन्दननाथ नगरपालिकाका वडा नं. ७, ८, १० लगायतका वडाका महिलाले फूल खेती गरेका थिए । उनीहरूले दशै तिहारको अवधिमा मात्रै करिब ३० हजारदेखि ५० हजारसम्म आम्दानी गरेका थिए । यस वर्ष फाटफुट रुपमा उत्पादन भएपनि जिल्लाभरको अवस्था शून्य नै छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button