५८ जनाको मोतिया विन्दुको शल्यक्रिया
दोलखा । दोलखाको शैलुङ गाउँपालिका–८ भैँसेमा सञ्चालित मोतिया विन्दुको निःशुल्क शल्यक्रिया शिविरमा ५८ जनाको मोतिया विन्दुको शल्यक्रिया गरिएको वडा नम्बर–८ का वडा अध्यक्ष धनबहादुर तामाङले बताउनुभएको छ ।
समाजसेवी शोभित उप्रेतीको सक्रियतामा शैलुङ गाउँपालिका–८, माट्रिका आँखा केन्द्र पुरानो बानेश्वर काठमाडौँ र फाइट फर लाइफ काठमाडौँले शिविरको आयोजना गरेको हो । शिविरमा नेत्र रोग विशेषज्ञ डा. दीक्षा मल्लको टिमले अप्रेशन र आँखाको परिक्षण गरेको माट्रिका आँखा केन्द्र पुरानो बानेश्वर काठमाडौँका प्रशासकीय प्रमुख कल्याण ढुङ्गानाले बताउनुभयो ।
चार दिनसम्म सञ्चालन भएको शिविरमा पाँच सय ३० जनाको आँखा परिक्षण गरिएको र ५० जनालाई निःशुल्क चश्मा वितरण गरिएको आयोजक फाइट फर लाइफ काठमाडौँकी अध्यक्ष हेमा मानन्धरले बताउनुभयो ।
शिविरमा निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्