तपाईँ सुन्दै हुनुहुन्छः

कार पल्टिदा चालकको मृत्यु 

दाङ । दाङमा कार पल्टिदा १ जनाको मृत्यु भएको छ ।

दाङको लमही न.पा.९ अम्राई खोला नजिक तुलसीपुरबाट अमिलिया तर्फ आउँदै गरेको बा १६ च ७६४३ नं.को कार दुर्घटना हुँदा कार चालक तुलसीपुर ७ भुमरे बस्ने वर्ष ३३को पूर्ण बहादुर थापाको मृत्यु  भएको छ भने अर्का वर्ष ४५ का कर्ण बहादुर थापा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

घाइते २ जनालाई उपचारको लागी लमही नगर अस्पताल लगिएको थियो । कार सडक देखि अन्दाजी १५०/२०० मिटर तल खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button