तपाईँ सुन्दै हुनुहुन्छः

आवासीय राजदूतमा परराष्ट्र सचिव लम्सालको नाम अनुमोदन 

काठमाडौँ । संसदीय सुनुवाइ समितिले बेल्जियमका लागि नेपाली आवासीय राजदूतमा परराष्ट्र सचिव सेवा लम्सालको नाम अनुमोदन गरेको छ ।

संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले बेल्जियमका लागि प्रस्तावित नेपाली राजदूत लम्सालको संसदीय सुनुवाइ सकेर नाम अनुमोदन गरेको हो । 

संसदीय सुनुवाईका क्रममा कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत लम्सालले नेपाल र बेल्जियमबिच सम्बन्ध विस्तारका साथै बहुपक्षीय फोरमहरूमा नेपालको राष्ट्रिय हितको संरक्षण र प्रवद्र्धनमा सक्रिय भूमिका निर्वाह गर्ने बताउनुभयो । 

उहाँले नेपालको पर्यटन प्रवद्र्धन, उच्च आय र नेपालीहरूका लागि मर्यादित रोजगारीका अवसरहरूको खोजी गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको पनि बताउनुभयो ।

उहाँलाई युरोपियन युनियन सहित नेदरल्याण्ड्स र लक्जेम्बर्ग समेत हेर्नेगरी नियुक्तिका लागि सिफारिस गरिएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button