तामाकोशी जलविद्युत केन्द्र आंशिक सञ्चालनको तयारीमा
दोलखा।गत असोज ११ र १२ गतेको अविरल बर्षा पछि आएको बाढी– पहिरोले क्षतिग्रस्त बनाई पूर्ण रुपमा बन्द रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रलाई कार्तिक तेस्रो सातासम्म आंशिक रुपमा सञ्चालन गर्ने तयारी रहेको केन्द्रले जनाएको छ ।
अविरल बर्षा पछिको बाढी– पहिरोले केन्द्रको हेडवर्क कन्ट्रोल भवन पूर्ण रुपमा क्षति भएको थियो भने बालुवा थिग्राउने पोखरी र पानी बग्ने नहरको करिब २५ प्रतिशत भाग पूर्ण रुपमा क्षति भएको थियो । बाढी– पहिरोमा परी नेपाली सेनाका दुुई जवान र केन्द्रका दुुई कर्मचारीको ज्यान समेत गएको थियो ।
आगामी एक साता भित्र बाढी– पहिरोले क्षति गरेको स्थानमा जम्मा भएको ढुुङ्गा र फोहरहरु सफा गरी हाललाई विद्युत केन्द्रमा रहेको दुुई वटा बालुवा थिग्राउने पोखरी मध्ये आंशिकरुपमा क्षति भएको एउटा बालुवा थिग्राउने पोखरी तथा पानी बग्ने नहरको सामान्य सिभिल मर्मत गरी कार्तिकको तेस्रो सातसम्म रन अफ द रिभर मोडलमा विद्युुत केन्द्रलाई आशंक रुपमा सञ्चालन गर्ने तयारी भै रहेको केन्द्रको प्रमुुख प्रबन्धक पूर्ण गोपाल रञ्जीतले बताउनुु भयो ।
मर्मतमा संलग्न निर्माण कम्पनिले सोचेअनुसार काम नगरेकोले आंशिक उत्पादनमा ढिलाई भएको केन्द्रका कर्मचारीहरुको भनाई छ । क्षतिग्रस्त आयोजना मर्मतको काम एसएसइसी हाई हिमालय जेभिले गरिरहेको छ ।
त्यसरी आशंक सञ्चालनको क्रममा कार्तिकमा ३०० सय मेगावाट, मंसिरमा १७२ मेगावाट, पुुषमा १२३ मेगावाट, माघमा १०० मेगावाट, फागुनमा ९२ मेगावाट र चैत्रमा १०३ मेगावाट विद्युत उत्पादन हुने प्रमुख प्रबन्धक पूर्ण गोपाल रञ्जीतले बताउनुु भयो । त्यसको लागि आफुु लगायत केन्द्रका कर्मचारीहरु दशै र तिहारको समेत पर्वाह नगरी चौविसै घण्टा फिल्डमै खटिएको उहाँको भनाई छ ।
बाढी– पहिरोबाट केन्द्रको हेडवर्क कन्ट्रोल भवनमा रहेको सम्पूर्ण विद्युतिय उपकरणहरु पूर्ण रुपमा क्षति भएको, मेकानिकल उपकरणहरुमा गेट तथा हाईड्रोलिक सिस्टममा क्षति पुुगेको, केन्द्रमा पुुग्ने गोगर– लामाबगर सडक खण्डको ५० मीटर सडक पूर्ण रुपमा क्षति भएको, केन्द्रबाट उत्पादीत विद्युत केन्द्रीय प्रशारण लाईनमा जोड्ने गोगर– खिम्ती २२० के.भी. प्रशारणलाईनको सिंगटी स्थित चप्लेटीमा रहेको ४६ नम्बरको टावरमा समेत क्षति भएको केन्द्रले जनाएको छ ।
बाढी– पहिरोका कारण उत्पादन पूर्ण रुपमा बन्द भएपछि असोजमा ८५ करोड छ लाख ४७ हजार नौ सय ३० रुपैया नोक्सान भएको र कार्तिक महिनामा पनि विद्युत उत्पादन गर्न नसकिए थप ८५ करोड ९० लाख ९६ हजार रुपैया नोक्सान हुुने प्रमुुख प्रबन्धक पूर्ण गोपाल रञ्जीतले बताउनुु भयो ।
क्षति भएको केन्द्रको हेडवर्क कन्ट्रोल भवन तथा बालुवा थिग्राउने पोखरीलाई पूर्ननिर्माण गरी विद्युत केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक काम सुुरु भै सकेको र त्यसको लागि नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनि एनईए इन्जिनियरीङकम्पनि लिमिटेडलाई मरामर्श दाताको रुपमा नियुक्त गरिएको केन्द्रले जनाएको छ ।
केन्द्रले बाढी– पहिरोबाट भएको क्षतिको लागि राष्ट्रिय विमा कम्पनि लिमिटेडलाई एक अरब ७९ करोड छ लाख ९६ हजार सात सय ८५ रुपैया विमादावी पेश गरीएको केन्द्रको प्रमुुख प्रबन्धक पूर्ण गोपाल रञ्जीतले बताउनुु भयो ।
प्रतिक्रिया राख्नुहोस्