टाउको नभएको शव फेला
बाँके । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ८ पिपिरिको सरस्वती चोकमा एक टाउको नभएको शव फेला परेको छ। गयराति फेला परेको करिब ४० वर्षीय शव चन्द्रबहादुर कामीको भएको वडा अध्यक्ष लालबहादुर रानाले जानकारी दिनुभएको छ। मृतक कामिको परिवारले शव पहिचान गरेको उहाँले बताउनुभयो ।
इलाका प्रहरी कार्यालय, कोहलपुरका अनुसार, घटनाको अनुसन्धान जारी रहेको छ। घटनाको कारण र अन्य विवरण पत्ता लगाउन प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्