तपाईँ सुन्दै हुनुहुन्छः

कोहलपुर-नेपालगञ्ज सडक दुर्घटनामा गम्भीर घाइते  मनिषा रोकाको निधन

बाँके ।बाँकेको कोहलपुर-नेपालगञ्ज रोडमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएकी २१ वर्षीय मनिषा रोकाको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार, भारतको लखनउस्थित देभिना अस्पतालमा उपचारको क्रममा मनिषाको निधन भएको हो।

असोज २३ गते काठमाडौँबाट नेपालगञ्ज जाँदै गरेको भे.१ख. ३७०९ नम्बरको बसले भे.१३प. ६१४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा, खजुरा गाउँपालिका–२ का २२ वर्षीय तेज विक्रम मल्ल र उहाँकी पत्नी मनिषा रोका गम्भीर घाइते हुनुभएको थियो।

दुर्घटनामा मल्लको टाउकोमा चोट लागेको थियो भने मनिषा रोकालाई गम्भीर चोट लागेको थियो। उनीहरुलाई उपचारका लागि लखनउ लगिएको थियो, जहाँ मनिषा रोकाको निधन भएको छ भने मल्लको उपचार जारी रहेको बताइएको छ।

मनिषा रोका कोहलपुरस्थित कौसिल्या अस्पतालमा फार्मेसी असिस्टेन्टको रूपमा कार्यरत हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button