माटो खन्ने क्रममा ढुङ्गाले च्यापिएर एक महिलाको मृत्यु
सुर्खेत । पूर्वी सुर्खेतको गुर्भाकोटमा माटो खन्ने क्रममा ढुङ्गाले च्यापिएर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–६, की ३८ वर्षीया ज्योति ओली रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
आज गुर्भाकोट नगरपालिका–७, सानोठकेनी भन्ने स्थानमा दशैका लागि घर पोत्ने माटो खन्ने क्रममा माथिबाट खसेको ढुङ्गाले च्यापिएर ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) वीरेन्द्रविक्रम विश्वकर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार घटना बारे थप अनुसन्धान भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्