तपाईँ सुन्दै हुनुहुन्छः

घाइते बालकको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–३ स्थित एसपिएल एकेडेमीमा कक्षा १ मा अध्ययनरत ८ वर्षीय करन खातीको उपचारका क्रममा मृत्यु भएको छ ।

शुक्रबार साँझ करिब साढे पाँच बजेको समयमा विद्यालयबाट बसमा घर फर्कँदै गर्दा स्कुल बसबाट ओर्लिने क्रममा घर नजिकैको हुलाकी सडक खण्डमा लडेर घाइते भएका पुनर्वास–५ ‘ग’गाउँका बालक करन खातीको उपचारका क्रममा गएराति मृत्यु भएको उनका बुवा चक्र खातीले जानकारी दिनुभयो ।

घटना भएको दिन पुनर्वास पोलिक्लिनिकमा प्राथमिक उपचार गरी थप उपचारका लागि धनगढी स्थित निसर्ग हस्पिटल र त्यहाँबाट भारतको मेडासिटी हस्पिटलमा लगिएका करनको उपचारका क्रममा मेडासिटीमै मृत्यु भएको बताइएको छ ।

विद्यालयको बसचालक पुनर्वास नगरपालिका–५ का कमल थापालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि अदालतबाट ५ दिन म्याद थपिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक महेश विक्रम शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button