तपाईँ सुन्दै हुनुहुन्छः

वनमन्त्री शाहीसँग भुटानका ऊर्जा तथा प्राकृतिक श्रोत मन्त्रीको शिष्टाचार भेट

काठमाडौँ । वन तथा वातावरण ऐनबहादुर शाही ठकुरीसँग रोयल गभरमेन्ट अफ भुटानका ऊर्जा तथा प्राकृतिक श्रोत मन्त्री जेम छिरिङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

मङ्गलवार दिउसो मन्त्रालय भएको उक्त भेटवार्तामा नेपाल र भुटानको परापूर्व कालदेखिको घनिष्ट सम्बन्ध अझ प्रगाढ बनाउने विषयमा छलफल भएको जनाइएको छ ।

भेटवार्तामा नेपाल र भुटानको धार्मिक साँस्कृतिक, सामाजिक, आर्थिक र वातावरणीय सम्बन्ध थप बलियो बनाउने बारेमा कुराकानी भयो ।

भेटवार्तामा वन मन्त्रीले दुवै राष्ट्र सार्कमा आबद्ध रहेको र पर्वतीय क्षेत्रका मुद्दामा साझा धारणा रहेको बताउनुभयो ।

नेपाल र भुटानले धेरै अन्तर्राष्ट्रिय एजेण्डा र मुद्दामा समान धारणा राख्ने भएकोले संयुक्त राष्ट्रसङ्घ, असंलग्न आन्दोलन र अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा दुवै देशले शान्ति सुरक्षा र विकासका लागि सक्रिय भूमिका निर्वाह गर्दै आएको मन्त्री शाहीले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button