तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस सभापति देउवा भोलि वीरगञ्ज आउनुहुने

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा भोली मङ्गलवार वीरगञ्ज आउनुहुने कार्यक्रम रहेको छ ।

बिहान ९ः३० बजे सिमरा विमानस्थल हुँदै सभापति देउवा पर्साको पटेर्वा सुगौली गाउँपालिकामा निर्मित अस्पतालको उद्घाटनका लागि जानुहुने कार्यक्रम रहेको छ । त्यसपछि उहाँले त्यस क्षेत्रका काँग्रेस कार्यकर्ताहरूसँग अन्तरक्रिया गर्नु हुने कार्यक्रम रहेको छ ।

सभापति देउवाले बुधवार बिहान नेपाली कांग्रेस पर्साको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button