तपाईँ सुन्दै हुनुहुन्छः

संवैधानिक परिषद्को बैठक बालुवाटारमा सुरु

काठमाडौँ । संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमासुरु भएको छ ।

बैठकले भावी प्रधान न्यायाधीश, निर्वाचन आयुक्त लगायत संवैधानिक पदहरूमा सिफारिस गर्ने एजेण्डा रहेको छ ।

बैठकमा प्रधानमन्त्री के पी शर्मा ओलीका साथै संवैधानिक परिषद्का सदस्यहरु प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहाल , उपसभामुख इन्दिरा रानाको र प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको उपस्थिति रहेको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईँले जानकारी दिनुभयो ।

यसअघि संवैधानिक परिषद्को बैठक भदौ २८ गते शुक्रबार पनि बसेको थियो तर त्यस बैठकमा कुनै निर्णय भने हुन सकको थिएन ।

त्यसपछि बैठक आज साँझ ५ बजे बस्ने गरी समय तोकिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button