कर्णाली नदीको बाढी खतराको सतहमा
टीकापुर (कैलाली) । कर्णाली नदिमा बाढी खतराको तहमा पुगेको छ । यो समाचार तयार पार्दासम्म १० मिटर ८० सेन्टिमिटर पुगेको छ । कर्णाली चिसापानीको बाढीको तह १० मिटर ८० सेन्टिमिटर पुग्नुलाई खतराको तह मानिन्छ ।
नदिमा पानीको बहाव बढिरहेकाले अझै बाढीको तह बढ्ने देखिएको कर्णाली चिसापानीकी गेज रिर्डर पार्वती गुरुङले जानकारी दिनुभयो । कर्णाली चिसापानीमा बाढीको तह १० मिटर ८० सेन्टिमिटर पुगेपछि कैलालीको जानकी गाउँपालिका र टीकापुर नगरपालिका तथा बर्दियाको गेरुवा गाउँपालिका र राजापुर नगरपालिकाका अधिकांश क्षेत्र जोखिममा पर्ने गर्छन् ।
कर्णाली नदिमा पानीको सतह बढिरहेकाले तटीय क्षेत्रका पालिकाहरूले नागरिकहरूलाई सर्तक रहन आग्रह गरेका छन् । यसैगरी अस्ति रातिदेखि परेको पानीका कारण कैलालीको दक्षिण क्षेत्रका अधिकांश स्थानहरू डुबानमा परेका छन् ।
डुबानमा परेकाहरूको तथ्याङ्क सङ्कलन भइरहेको र उद्धारको कार्य जारी रहेकाले अहिले बाढी प्रभावितको एकिन तथ्याङ्क नआएको जिल्ला प्रशासन कार्यालय कैलालीले बताएको छ ।
प्रतिक्रिया राख्नुहोस्