कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले आज मन्त्री मण्डल विस्तार गर्नु भएको छ । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएसँगै कोशी प्रदेशमा मन्त्री मण्डल विस्तार भएको हो ।

नेपाली काँग्रेससँग आवद्ध तिन मन्त्री तथा एक राज्यमन्त्री सरकारमा सहभागी भएका हुन । आज थप भएका मन्त्रीहरूमा भौतिक पूर्वाधार तथा विकास मन्त्रीमा भुपेन्द्र राई, उद्योग, कृषि तथा सहकारी मन्त्रीमा खगेनसिंह हाङगाम, पर्यटन वन तथा वातावरण मन्त्रीमा सदानन्द मण्डल र भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्रीमा भूमि प्रसाद राजवंशी रहेका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा आज एक कार्यक्रमका बिच नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीलाई कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री हिकमतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो । यो सहित कोशी प्रदेशमा मन्त्रीमण्डलको सङ्ख्या दश पुगेको छ । कोशी प्रदेश सरकारमा अब स्वाथ्यमन्त्री र एक राज्यमन्त्री नियुक्त हुन बाँकी छ ।








प्रतिक्रिया राख्नुहोस्