बजेट अभावले खेलकुद पूर्वाधार निर्माण भएन: खेलकुदमन्त्री चौधरी

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रमा बजेट अभाव हुँदा खेलकुद पूर्वाधार बनाउन नसकिएको बताउनुभएको छ ।
प्रतिनिधिसभाका शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री चौधरीले दिनप्रतिदिन खेलाडीहरू विदेश पलाएन हुन थालेकाले उनीहरुलाई नेपालमै रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
हाम्रो मुलुकका लागि खेल्ने अन्तर्राष्ट्रिय खेलाडीहरूलाई रोजगारी, उनीहरूको बालबच्चालाई शिक्षा र स्वास्थ्य सेवा दिन नसक्दा खेल क्षेत्रमा यथेष्ट प्रगति हुन नसकेको मन्त्री चौधरीले बैठकलाई जानकारी गराउनुभयो ।
बैठकमा सांसदहरुले नेपाललाई विश्वमा चिनाउने खेलकुद क्षेत्रमा सरकारले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।
सांसदहरुले ओलम्पिक र एसियाली गेममा खेलाडी छनौट गर्दा वैज्ञानिकता गुन्ठुनाउनुपर्ने, खेलाडीको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्ने, अवकाश पाएका खेलाडीलाई समेत राज्यले सेवा सुविधा प्रदान गर्नुपर्ने र युवालाई रोजगारी सिर्जना गर्न सरकारले युवा नीति तत्काल लागु गर्नुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्