लुम्बिनी प्रदेश सभा बैठक आज बस्दै

बाँके ।लुम्बिनी प्रदेश सभा बैठक आज दिउँसो १ बजे बस्दै छ। यो बैठक प्रदेशसभा चौथो अधिवेशनको २९ औँ बैठक हो। बैठकमा महत्वपूर्ण विधेयकहरू छलफलका लागि पेश गरिने सम्भावना रहेको छ।
प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार आजको बैठकमा ‘प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि विषयगत समितिमा पठाइने छ।’ त्यस्तै, स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक निर्णयका लागि प्रस्तुत गरिने पनि जानकारी गराइएको छ।
यस अघिको बैठकमा स्थानीय सेवासम्बन्धी विधेयक प्रतिवेदनसहित सभामा पेश गरिएको थियो। सो विधेयक पास गर्ने तयारी भए पनि पुनः प्रदेश मामिला तथा कानुन समितिमा पठाइएको थियो। यसले कर्मचारीहरूको वृत्तिविकासमा असर परेको भन्दै उनीहरूले विधेयक छिटो पास गर्न माग गरिरहेका छन्।
यसका साथै, प्रदेश सरकारले प्रदेश निजामती सेवासम्बन्धी विधेयकको संशोधन प्रस्ताव पनि बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ।







प्रतिक्रिया राख्नुहोस्