त्रिकोणात्मक सिरिज खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
काठमाडौँ । क्यानडामा आयोजना हुने विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको छ ।
नेपाल क्रिकेट संघ(क्यान) ले मङ्गलवार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको हो ।
क्यानले रोहितकुमार पौडेलको कप्तानीमा सोमवार १६ सदस्यीय टोलीको घोषणा समेत गरिसकेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदै छन् ।
त्रिकोणात्मक एकदिवसीय सिरिज भदौ ३१ देखि असोज १० सम्म हुनेछ । त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालको पहिलो खेल भदौ ३१ गते क्यानडासँग र दोस्रो खेल असोज २ गते ओमानसँग रहेको छ । तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध रहेको छ ।
एकदिवसीय सिरिज सकिएको २ दिनपछि सोही टोलीबिच टी–२० आई सिरिज हुने क्यानले जनाएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले क्यानडा र अमेरिकामा हुने आइसिसी विश्वकप लिग–२ को शृङ्खलाका लागि जगत टमाटालाई सल्लाहकार प्रशिक्षकमा नियुक्त गरेको छ ।
मङ्गलवार भएको टोलीको बिदाइ कार्यक्रममा क्रिकेट संघका सचिव पारस खड्काले टमाटालाई नियुक्ति गरिएको जानकारी दिनभयो ।







प्रतिक्रिया राख्नुहोस्