तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेश सरकारले परिमार्जन बजेट ल्याउँदै

धनगढी । बजेट शून्यताको अवस्था चिर्न सुदूरपश्चिम प्रदेश सरकारले पुनरावलोकन सहित परिमार्जन बजेट ल्याउने भएको छ । प्रदेश सरकारले भदौ मसान्तभित्रै बजेट ल्याउन आवश्यक तयारी गरेको छ । बजेट शून्यताको अवस्था हटाउन चाँडो भन्दा चाँडो पुनरावलोकन सहित परिमार्जन बजेट ल्याउन लागिएको प्रदेश सरकारले जनाएको छ ।
तत्कालीन सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेट पारित नहुँदा सुदूरपश्चिम प्रदेशमा साउन १ गते देखि बजेट शून्यता रहेको छ ।


प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले बजेट ल्याउने तयारी भइरहेको बताउनु भयो । सरकार भदौ महिना भित्रै बजेट ल्याउने गरि तयारीमा जुटेको बताउँदै यति वेला विषयगत मन्त्रालयमा बजेट निर्माणको काम अघि बढिरहेको बताउनु भयो । ‘सरकारले अब पुनरावलोकन सहित परिमार्जन बजेट ल्याउने छ, त्यसै अनुरुप बजेट निर्माणको काम भइरहेको छ, उहाँले भन्नूभयो ‘ । तत्कालीन सरकारले आर्थिक बर्ष २०८१/८२ का लागि साढे ३१ अर्ब बराबरको बजेट ल्याएको थियो । सत्ता समीकरण परिवर्तन भएसँगै बजेट पारित नहुँदा बजेट शून्यताको अवस्था सृजना भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button