तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले काठमाडौँ–मुग्लिङ सडक खण्ड अवरुद्ध

काठमाडौँ । काठमाडौँ–मुग्लिङ सडक खण्डमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ ।

काठमाडौँ–मुग्लिङ सडक खण्डअन्तर्गत सुरुङमार्ग आसपासमा पहिरो खस्दा सडक अवरुद्ध भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सडकमा पहिरो खस्दा दुईतर्फी आवतजावत अवरुद्ध भएको छ, पहिरो पन्छाउने काम जारी भएकाले सवारी सञ्चालन हुन केही घण्टा लाग्न सक्छ ।” सडक अवरुद्ध हुँदा यात्रुहरू बीचबाटोमै रोकिएको  प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button