तपाईँ सुन्दै हुनुहुन्छः

पल्सर स्पोर्ट्स अवार्डका लागि खेलाडी तथा प्रशिक्षकको मनोनयन सार्वजनिक

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक वर्ष आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्ड २०८० को खेलाडी तथा प्रशिक्षकको मनोनयन सार्वजनिक भएको छ ।

मञ्चले सोमबार युवा खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो । आगामी शुक्रवार हुने अवार्डको २१औँ संस्करणका लागि मञ्चले दुवै विधामा उत्कृष्ट पाँच जना सार्वजनिक गर्‍यो ।

यस वर्ष उत्कृष्ट पुरुष वर्ष खेलाडीको मनोनयनमा अनन्त तामाङ (फुटबल), रोहितकुमार पौडेल (क्रिकेट), दीपेन्द्रसिंह ऐरी (क्रिकेट), मोहम्मद शेख आलम कराँते) र सुवास तामाङ (गल्फ) परेका छन् ।

यस्तै महिला उत्कृष्ट वर्ष खेलाडीको मनोनयनमा एरिका गुरुङ (कराँते), मेनुका राजवंशी (कबड्डी), रुबिना क्षेत्री (क्रिकेट), सावित्रा भण्डारी (फुटबल) र सन्तोषी श्रेष्ठ (एथलेटिक्स) परेका छन् ।

युवा वर्ष खेलाडीको मनोनयनमा अर्जुन कुमाल (क्रिकेट), हेमन्त पाल (भारोत्तोलन), प्रीति राई (फुटबल), सुजन गडाल (टेबल टेनिस) र सुनीरा थापा (टेनिस) परेका छन् ।

वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयनमा कविराज नेगी लामा (पारा तेक्वान्दो), कुशल श्रेष्ठ (कराँते), मोन्टी देसाई (क्रिकेट), पार्वती राई (कबड्डी) र सञ्जय महर्जन (भारोत्तोलन) परेका छन् ।

स्पोर्ट्स अवार्डका अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा भने कार्यक्रमकै दिन भदौ २८ गते प्रज्ञा– भवनमा हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button