इन्द्रजात्राको अक्षयकोष बढाउन पहल गर्छु : मन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले इन्द्रजात्रा अन्तर्राष्ट्रिय रूपमा स्थापित भइसकेको बताउनुभएको छ ।
इन्द्रजात्राको पूर्व तयारीका सन्दर्भमा आज सरोकारवाला निकायहरूसँग छलफल गर्दै मन्त्री पाण्डेले इन्द्रजात्राको अक्षय कोषलाई रु पाँच करोडबाट बढाएर रु १५ करोडको बनाउन पहल गरिने विश्वास दिलाउनुभयो । उहाँले इन्द्रजात्रासँग सरोकारका विषयमा अन्तर मन्त्रालय र तीन वटै तहका सरकारसँग समन्वय गर्न मन्त्रालय तयार रहेको बताउनुभयो ।
मन्त्री पाण्डेले जात्राको अवसरमा विगतमा देखिएका कमी कमजोरी सच्याएर भव्य र सभ्य रूपमा सफल पार्न आह्वान गर्नुभयो । इन्द्रजात्रा आगामी असोज १ गते मनाइने भएको छ ।







प्रतिक्रिया राख्नुहोस्