ऋषि पञ्चमीमा आमासँगै नुहाउन गएका दुई बालकको खोलामा डुबेर मृत्यु
वीरगञ्ज । पर्साको मसिहानीस्थित सिर्सिया खोलामा डुबेर आज अपराह्न दुई बालकको मृत्यु भएको छ ।
पर्साको जगरनाथपुर गाउँपालिका–५ मसिहानीस्थित सिर्सिया खोलामा ऋषिपञ्चमीको अवसरमा नुहाउन गएका स्थानीय रञ्जिता देवी पटेल र गान्धी देवी ठाकुरको साथमा गएका रञ्जिताका ८ वर्षीय छोरा अभिषेक पटेल र गान्धीको १० वर्षीय छोरा गुल्सन ठाकुरको खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीयले खोलामा डुबेर मृत्यु भएका दुवै बालकहरूको शव ३ः४० बजे खोलाबाट निकालेको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक राजन ढकालले बताउनुभयो ।
भारतको बिहार बन्कटवा घर भएकी रञ्जिता देवी पटेलले छोरा अभिषेक पटेल लिएर तिज मनाउन माइत आएकी थिइन । भारत विहार सिक्टा घर भएकी गान्धी देवी ठाकुर पनि छोरा गुल्सन ठाकुर लिएर तिजका लागि माइत आएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्