तपाईँ सुन्दै हुनुहुन्छः

समावेशी टेबल–टेनिसमा फरक क्षमता भएका विद्यार्थी विजयी

दोलखा । सदरमुकाम चरिकोटमा रहेको एपेक्स स्कुलले समावेशी टेबल– टेनिस प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा एपेक्सका सबल विद्यार्थी र काठमाडौँको एसओएस चिल्ड्रेन भिलेज नेपालका फरक क्षमता भएका विद्यार्थीहरू बीच प्रतिस्पर्धा गराइएको थियो ।
प्रतियोगिताको छात्र तर्फ प्रथम पुकार राई, द्वितीय शिव थापा र तृतीय प्रेम तामाङ तीनै जना एसओएस चिल्ड्रेन भिलेज नेपालका फरक क्षमता भएका विद्यार्थी भएका थिए ।
छात्रा तर्फ प्रथम पूजा सोती र द्वितीय अनु थापा एसओएस चिल्ड्रेन भिलेज नेपालका फरक क्षमता भएका विद्यार्थी भएका थिए भने तृतीय एपेक्स स्कुलकी शीतल उप्रेती भएकी थिइन ।
प्रतियोगितामा छात्र तर्फ पाँच/पाँच जना र छात्रा तर्फ तीन÷तीन जनाको सहभागिता रहेको थियो । प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका सांसद भरत बहादुर केसीले गरेका थिए । उद्घाटनको क्रममा प्रदेश सांसद केसीले सबल र फरक क्षमता भएका विद्यार्थी बीचको प्रतिस्पर्धाले सकारात्मक सन्देश प्रवाह गरेको बताए ।
एपेक्स स्कुलका प्रधानाध्यापक नसिब कायस्थको सभापतित्वमा सम्पन्न प्रतियोगिता उद्घाटन कार्यक्रममा एपेक्स स्कुलका साताको छाँया प्रधानाध्यापक फरक क्षमता भएका शिक्षक रामचन्द्र थापाले प्रतियोगिताको परिकल्पना बारे जानकारी दिनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button