तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेशको समग्र विकासको आधार पर्यटन : मुख्यमन्त्री आचार्य

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीको समग्र विकासका लागी पर्यटन क्षेत्र आधार स्तम्भको रुपमा रहेको भएको बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री आचार्यले पर्यटन क्षेत्रबाट लुम्बिनीको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा योगदान पुर्‍याउने गरी बृहत् योजना निर्माणको चरणमा रहेको जानकारी दिनुभयो । उहाँले लुम्बिनी प्रदेशका १२ जिल्लालाई पर्यटन सर्किटबाट जोड्ने गरी बृहत् योजना निर्माण गर्न थालिएको बताउनुभयो ।
लुम्बिनीलाई पर्यटन सर्किटबाट जोड्ने योजना सरकारले बनाएको र यसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरूलाई आकर्षित गर्न सकिने योजना उहाँले सुनाउनुभयो । लुम्बिनी, पाल्पाको श्रीनगर, दरबार संग्राहलय, रुरु क्षेत्र, रेसुङ्गा, छत्र महाराज, बल्कोट, सुपा देउराली, स्वर्गद्वारी, रोल्पाको युद्ध संग्राहलय, सिस्ने, पुथा हिमाल भ्रमण गरेर दाङको धारपानी भएर बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमण गराउन सक्ने गरी पर्यटन सर्किट निर्माण गरिने उहाँले बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले फजुल खर्च रोक्न प्रदेश सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो । जिल्ला बाहिर जाँदा मुख्यमन्त्रीका नाममा खर्च भएका होटेलका बिल मन्त्रालयमा पेश नगरिने उहाँले स्पष्ट पार्नुभयो । फजुल खर्च रोक्न पूर्व विशिष्ट व्यक्तिहरूको सेवा सुविधा खारेज गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button