तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय शिक्षार्थीहरूको प्रतिनिधिमण्डलद्वारा गृहमन्त्रीसँग शिष्टाचार भेट

काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडिसी) का शिक्षार्थीहरूको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री लेखकले नेपाल र भारतका सुरक्षा निकायबीच सीमा सुरक्षा, लागुऔषध नियन्त्रण र मानव बेचबिखन नियन्त्रणमा थप सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।
भेटमा कलेजका प्रतिनिधि सन्दिप एस सन्दु लगायत शिक्षार्थीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button