तपाईँ सुन्दै हुनुहुन्छः

अभ्यास खेलका लागि राष्ट्रिय क्रिकेट टोली श्रीलङ्का प्रस्थान

काठमाडौँ । क्यानडामा हुने विश्वकप लिग टु अघिको अन्तिम तयारी तथा अभ्यास खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलङ्का प्रस्थान गरेको छ ।
नेपाल क्रिकेट संघ(क्यान) का अनुसार नेपाली टोली आइतबार श्रीलङ्का भ्रमणमा निस्केको नेपाली टोलीले ३ वटा अभ्यास खेल खेल्ने छ । श्रीलङ्का डेभलभमेन्ट टिमसँग नेपालले ३ वटा ५० ओभरको अभ्यास खेल्ने जनाएको छ । नेपालले भदौ १८, २० र २२ गते अभ्यास खेल खेल्नेछ ।
क्यानले गत शुक्रबार श्रीलङ्का भ्रमणमा जाने १९ जना खेलाडीको नामावली समेत निकालेको थियो ।
सन्दीप लामिछाने लगायतका केही खेलाडी भने क्यानडाको भिसा प्रक्रियामा रहेकाले अहिले टोलीसँग नगएको तर केही दिनमा जाने क्यान प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button