तीज पर्वलाई महिला सशक्तीकरणसँग जोडेर मनाउनुपर्छ : सचिव अर्याल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याले तीज पर्वको मौलिकता जगेर्ना गर्दै मर्यादित बनाउनुपर्ने बताउनभयो ।

रेडियो नेपाल तालिम शाखा र दिदी बहिनी समूहले तीजको अवसर पारेर आज आयोजना गरेको तनाव व्यवस्थापन अन्तर्क्रिया कार्यक्रममा सचिव अर्यालले सचिव अर्यालले पछिल्लो समय तीज पर्वलाई खर्चिलो र भड्किलो रुपमा मनाउने गरिएको प्रति सचेत हुनुपर्ने बताउनुभयो ।

रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष समेत रहनुभएका सचिव अर्यालले तीज पर्वलाई परम्परागत रुपमा मात्र नलिई महिला सशक्तीकरणसँग जोडेर मनाइनुपर्ने पनि बताउनुभयो ।

कार्यक्रममा रेडियो नेपालका निमित्त कार्यकारी निर्देशक खगेन्द्र खत्रीले तनाव व्यवस्थापन जस्ता कार्यक्रमले मानिसमा सकारात्मक ऊर्जा प्रदान गर्ने भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय व्यावसायिक सीप विकास प्रशिक्षण केन्द्रका निर्देशक एवं योग ध्यान प्रशिक्षक बिन्दा आचार्यले तनाव व्यवस्थापन सम्बन्धी प्रशिक्षण गराउनुभएको थियो ।

कार्यक्रममा दिदीबहिनी समूहका अध्यक्ष प्रज्ञा शरदले रेडियो नेपालका महिला दिदी बहिनीहरूको हकहितका लागि आफूले आवाज उठान गर्ने बताउनुभयो ।














भिडियो हेर्नुहोस…








प्रतिक्रिया राख्नुहोस्