तपाईँ सुन्दै हुनुहुन्छः

चट्याङ्ग लागेर एक महिलाको मृत्यु 

चितवन । चितवनमा चट्याङ्ग लागेर एक महिलाको मृत्यु भएको छ । माडी नगरपालिका वडा नम्बर १ शिकारीपुरकी ५० बर्षीय सरस्वतीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ बजे उनी आफ्नै घरको गोठमा भैँसीलाई कुँडो दिन जाँदा एक्कासी चट्याङ्ग लागेको थियो । चट्याङ्गबाट घाइते महत्तोको बघौडा अस्पतालमा उपचारको क्रममा १० बजेर ५० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button