तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक स्थलमा राष्ट्रपति कार्यक्रम सुरु

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्थलमा राष्ट्रपति भन्ने कार्यक्रम तय भएको छ । उहाँले हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने हुनु भएको छ ।

सार्वजनिक स्थलमा उहाँले आम नागरिकसँग संवाद गर्ने स्थानीयहरूको गुनासो सुन्नुहुने भएको छ । जस अन्तरगत पहिलो पटक आज भक्तपुर दरबार स्क्वायर जानुहुने भएको छ । पहिलो कार्यक्रम नै भक्तपुरबाट सुरु हुन लागेको राष्ट्रपतिको सचिवालय जनाएको छ ।

राष्ट्रपति पौडेल आज बिहान साढे ११ बजे भक्तपुर दरबार क्षेत्रमा जाने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button