तपाईँ सुन्दै हुनुहुन्छः

ओमानका विदेशमन्त्री नेपाल भ्रमणमा आउनुहुँदै

काठमाडौँ । ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि भोलि मङ्गलबार यहाँ आउँदै हुनुहुन्छ ।

उहाँ परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको निमन्त्रणामा दुई दिनका लागि (भदौ १० र ११ गते) काठमाडौँ आउन लाग्नुभएको मन्त्रालयले जनाएको छ । भ्रमणका दौरान दुई विदेश मन्त्रीबीच नेपाल–ओमान सम्बन्ध र अन्य विविध विषयमा द्विपक्षीय भेटवार्ता तथा छलफल हुनेछ ।

ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्नुहुनेछ । उहाँ भदौ ११ गते काठमाडौँबाट स्वदेश फर्किने कार्यतालिका छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button