तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालबाट पोखरा नगर आवज प्रसारण गर्नेसम्बन्धी सम्झौता

पोखरा । पोखरा महानगरपालिका र रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र, गण्डकी प्रदेश पोखराबिच कार्यक्रम ‘पोखरा नगर आवज ’ प्रसारण गर्ने सम्झौता भएको छ ।

सम्झौता पत्रमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (सहसचिव) श्याम कृष्ण थापा र रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखराका प्रमुख सुरेन्द्र प्रसाद यादवले हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार विभिन्न विकास निर्माण लगायतका गतिविधि र अन्तर्वार्ता समावेश हुने कार्यक्रम “पोखरा नगर आवज” प्रत्येक शुक्रबार बेलुकी ४ः२० बजेदेखि ४ः४० बजेसम्म २० मिनेट प्रसारण हुनेछ ।

त्यस अवसरमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (सहसचिव) श्याम कृष्ण थापाले पोखरा महानगरपालिकाले गरेका विभिन्न बिकास निर्माण, स्वास्थ्य, शिक्षा, रोजगारी, सरसफाइ लगायतका गतिविधि समेटेर रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबाट सर्वसाधारणहरूलाई सुसुचित गर्दै जनचेतना जगाउन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रम “पोखरा नगर आवज” प्रसारण गर्ने सम्झौता गरेकोमा पोखरा महानगरपालिकाप्रति धन्यवाद व्यक्त गर्दै कार्यालय प्रमुख सुरेन्द्र प्रसाद यादवले सो कार्यक्रम रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र, गण्डकी प्रदेश पोखराको मिडियम वेभ ६८४ किलोहर्जका साथै एफ.एम. ब्यान्डको १०० मेगाहर्जमा पोखरा, तनहुँको बन्दीपुर, पर्वतको दुर्लुंगकोट साथै १०३ मेगाहर्जमा नवलपुरको दाउन्ने र पाल्पाको वगनासकाली रिले स्टेसनहरूबाट सुन्न सकिने तथा, रेडियो नेपालको अनलाइन, मोबाइल एप, पोखराको युट्युब च्यानल र फेसबुक पेजबाट समेत कार्यक्रम प्रसारण हुने जानकारी दिनुभयो । सम्झौता अनुसार कार्यक्रम “पोखरा नगर आवज” ४४ शृङ्खला प्रसारण हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button