कुनै पनि फाइल तीन दिन भन्दा बढी नरोकौँ : वन मन्त्री शाही
काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले आयोजना निर्माणको निम्ति आएका फाइल तीन दिन भन्दा बढी नरोक्न निर्देशन दिनुभएको छ ।
आइतबार मन्त्रालयमा आयोजित बैठकमा सहभागी वन तथा वातावरण मन्त्रालय अन्तर्गत महाशाखाका प्रमुखलाई निर्देशन दिँदै मन्त्री शाहीले सेवाग्राहीको फाइलको जवाफ तीन दिनभित्र दिन निर्देशन दिनुभएको हो ।
राज्यमन्त्री रुपा विकले ढिलासुस्तीमा नअल्झिई सबै मिलेर फाष्ट ट्र्याकमा काम गर्नुपर्नेमा जोड दिनुभयो । नेपालमा उत्पादित काठको उपभोग गर्नेबारे गम्भीर भएर सोच्नुपर्नेमा उहाँले जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्