तपाईँ सुन्दै हुनुहुन्छः

विद्युतीय दुर्घटना न्यूनीकरणका लागि नाङ्गो तार विस्थापन 

डोटी ।  विद्युतीय दुर्घटना न्यूनीकरणका लागि विद्युत् वितरण केन्द्र दिपायलले डोटी जिल्लाको मुख्य व्यापारिक केन्द्र दिपायल पिपल्ला बजारमा नाङ्गो तार विस्थापित गर्न थालेको छ । 

दिपायल सिलगढी नगरपालिका वडा नम्बर-४ पिपल्ला बजारमा नाङ्गोतारलाई विस्थापित गरी कालो प्लास्टिक जडित नयाँ तार जडानको काम धमाधम भइरहेको विद्युत् वितरण केन्द्र दिपायलले जानकारी दिएको छ । 

बजारमा दिनप्रतिदिन चहलपहल बढेसँगै घना बस्ती रहेको पिपल्ला बजार क्षेत्रमा नाङ्गो तारका कारण विद्युत् तार सर्ट भई दुर्घटना हुने जोखिम बढेसँगै नाङ्गो तारलाई विस्थापन गरी प्लास्टिक जडित (इन्सुलीटेड) केवल तार प्रयोग गरिएको नेपाल विद्युत् वितरण केन्द्र दिपायलका कार्यालय प्रमुख शिवशङ्कर सोनीले बताउनुभयो। सोनीले भन्नुभयो नयाँ तारबाट वितरण हुने विद्युत् चुहावटको समस्या धेरै कम हुने गर्छ । 

जिल्लाका बजारिया क्षेत्रमा तत्काल नाङ्गो तारलाई विस्थापन गरिने सोनीले बताउनु भएको छ । साथै विद्युतका  तारहरू फेरिएसँगै हावाहुरी लाग्दा पोल ढल्दा कुनै दुर्घटना नहुने उहाँको भनाइ छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button