तपाईँ सुन्दै हुनुहुन्छः

सेमिफाइनलमा नेपालले भुटानको सामना गर्ने

काठमाडौँ । घरेलु टोली नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा भुटानको सामना गर्ने भएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा शुक्रबार साविक भारतले माल्दिभ्सलाई १–० ले पराजित गरेसँगै सेमिफाइनल समीकरण पूरा भयो । इन्जुरी समयमा मङ्गलेन्थाङ किपगेनले गरेको एक मात्र गोल भारतलाई जित दिलाउन पर्याप्त बन्यो ।

जितसँगै दुई खेलमा ६ अङ्क जोडेको भारत समूह ‘बी’ को विजेता बन्यो । दुवै खेलमा पराजित माल्दिभ्स अङ्कविहीन हुँदै बाहिरियो । भारतले फाइनल प्रवेशका लागि समूह ‘ए’ को उपविजेता बङ्गलादेशको सामना गर्नेछ । यसैगरी नेपाल समूह ‘ए’ बाट विजेता र भुटान समूह ‘बी’ को उपविजेता बने ।

समूह चरणमा नेपालले दुवै खेलमा जित निकाल्दा भुटानले समान एक जित र हार ब्यहाेर्यो । समूह ‘ए’ को श्रीलङ्का अङ्कविहीन हुँदै बाहिरियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button