पश्चिम् नवलपरासीबाट १९ जनाले लिए गैरआवासीय नेपाली नागरिकता

नवलपरासी,पश्चिम् । पश्चिम् नवलपरासीबाट १९ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय पश्चिम् नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुब कुवरले दिनुभएको जानकारी अनुसार हालसम्म १९ जनाले गैरआवासीय नागरिकता लिएका हुन ।
गैरआवासीय नागरिकता लिनेमा ४ जना महिला र १६ जना पुरुष रहेका छन् ।
गैरआवासीय नेपाली नागरिकता लिनेमा अमेरिका गएकाहरू धेरै छन् । जसमा अमेरिका गएकाहरू १३ जना ,पोर्चुगल ३ जना,साउथ अफ्रिका १ जना, जर्मनी १ जना र क्यानडामा रहेका १ जनाले गरी १९ जनाले गैरआवासीय नागरिकताले लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्लामा सात वटा स्थानीय तह मध्ये ४ वटा स्थानीय तहका नागरिकहरूले गैरआवासीय नागरिकता लिएका छन् ।जसमा बर्दघाट नगरपालिका बाट ८ जना,सुनवल नगरपालिकाबाट ५ जना,राग्रग्राम बाट ५ जना र पाल्हिनन्दन गाउँपालिका बाट एक जनाले गैर आवासीय नेपाली नागरिकता लिएका छन् ।
सरकारले २०८० असोज ३० गतेदेखि गैरआवासीय नेपाली एनआरएन लाई नागरिकता दिन थालेको हो
एनआरएन नागरिकता लिएपछि नेपालमा लगानी गर्न, व्यापार व्यवसाय गर्न र पैतृक सम्पत्ति उपभोग तथा बेचबिखन गर्न पाइने प्रावधान रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्